नेपाल प्रहरीको साइवर ब्युरोले कलाकारको फेसबुक ह्याक गरेर रकम मागेको अभियोगमा एक बालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने १४ वर्षीय बालक रहेका छन् ।
ब्युरोको टोलीले पर्सा प्रहरीको सहयोगमा बालकलाई पक्राउ गरेको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
एसएसपी अर्याल अभियुक्त नाबालक हुन्, उनले विभिन्न लिङ्कबाट ह्याक गरेको देखियो, थप अनुसन्धान भइरहेको छ।
गत चैत १२ गते कलाकारहरु दिपाश्री निरौला र सरोज खनालले आफ्नो फेसबुक ह्याक भएको भन्दै ब्युरोमा निवेदन दिएका थिए ।
अभियुक्त बालकले कलाकारहरुको फेसबुक ह्याक गरेर एकाउन्टबाट मेसेज गर्दै पैसा मागेका थिए।
यस बिषयमा थप अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |