ओखलढुङ्गामा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जीप मंगलबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर मृत्यु भएको हो । दुर्घटनामा परी जीप चालक सिद्धिचरण नगरपालिका–१० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाइते भएका छन् ।
उनलाई थप उपचारका लागी काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।
सामान बोकेर गइरहेको जीप बाटोबाट करिब सात सय मिटर तल खसेर भिरमा अड्किएको थियो । जीप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न कठिनाई भएको प्रहरीको भनाई छ ।
डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले घाइते तथा मृतकको उद्धार गरेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |