स्वास्थ्य मन्त्रालयले चीन सरकारको अनुदानमा प्राप्त कोरोना खोप यहि चैत्र २५ गतेदेखि लगाउन शुरु गरिने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुदानमा प्राप्त भएको ८ लाख डोज भेरोसेल्ड खोप काठमाडौका तोकिएका अस्पतालबाट लगाईने जानकारी दिनुभयो ।
उक्त खोप चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थी, चीन जाने तयारीमा रहेका ब्यापारी तथा उत्तरी सीमाबाट ओहोरदोहोर गर्ने नेपालीहरुलाई लगाइने मन्त्रालयले जनाएको छ ।
यसअघि उक्त चीनबाट प्राप्त खोप ४० देखि ५९ बर्ष समूहमा लगाउने घोषणा सरकारले गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |