साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबार तोलामा २ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ८७ हजार ४ सय र तेजाबी सुनको मूल्य ८६ हजार ९ सय ५० रुपैयाँ थियो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन (चैत २० गते, शुक्रबार) तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य यो साताको पहिलो कारोबार दिन (चैत २२ गते, आइतबार) भने स्थिर रहेको थियो ।
सोमबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सोमबार तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४० रुपैयाँ थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |