नेपाली काँग्रेसका सांसद देवेन्द्र कँडेलले हालकै अवस्था रहे केपी शर्मा ओली नेकपा एमालेको अन्तिम प्रधानमन्त्री हुने टिप्पणी गरेका छन्।
सोमबार संसद बैठकमा बोल्दै सांसद कँडेलले गत चुनावमा एमाले अध्यक्ष ओलीले काँग्रेसबारे टिप्पणी गर्दै शेरबहादुर देउवा काँग्रेसको अन्तिम प्रधानमन्त्री हुने टिप्पणी गरेको स्मरण गरे।
त्यसैको जवाफमा कँडेलले ओली एमालेको अन्तिम प्रधानमन्त्री हुने टिप्पणी गरेका हुन।
२०७४ सालको निर्वाचनका क्रममा तत्कालीन एमालेका अध्यक्ष ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुने भनेको स्मरण गराउँदै कँडेलले भने, ‘यी अभिव्यक्ति सुन्दा हामीलाई लाज लाग्छ। आफ्नो पार्टीमा आफ्नै साथमा लडेका साथीहरूलाई पन्छाउँदै, मर्ज भएका दललाई बक्सनु भएन। कुर्सीको मोहले जुन किसिमको उहाँमा पीडा छ, यस्तै रह्यो भने एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हुनेछन्।’
उनले सरकारमा रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिुनपर्ने संवैधानिक व्यवस्था रहेको हुँदा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बताए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |