सरकारले पर्यटक आगमनमा खुला गरेसँगै हिमाल आरोहण गर्न अनुमति लिनेको संख्या बढदै गएको छ ।
आइतबारमात्रै ४० आरोहीले अनुमति लिएका छन् ।
ल्होत्से हिमालका लागि २३ जना, नुप्त्सेका लागि १४ र धौलागिरिमा ३ जना आरोहीले अनुमति पर्यटन विभागले जनाएको छ । ती मध्ये ३५ पुरुष र ५ महिला आरोहीले अनुमति लिएका हुन् ।
विभागले ४० जना बाट ६४ लाख ४१ हजार ८ सय ४० राजश्व संकलन गरेको छ ।
यसअघि अप्रिल १ सम्ममा १ सय ५१ जनाले आरोहणका लागि अनुमति लिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |