मकवानपुरको भीमफेदी गाउँपालिका–३ स्थित जङ्गलमा लागेको डढेलो घरमा सल्किँदा एक महिलाको मृत्यु भएको छ ।
पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रीतिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजकी श्रीमती हस्तमायाको मृत्यु भएको हो ।
साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |