२३ चैत, काठमाडौं। कोरोनाको संक्रमण व्यापकरुपमा फैलन थालेपछि देशका विभिन्न स्थानमा पुनः लकडाउन लागू गर्न शुरु भइसकेको छ । भारतमा लकडाउन सुरु हुन थालेपछि यतिबेला भारतमा काम गर्न पुगेका नेपालीहरु पनि धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किने धेरैमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइरहेको छ ।
भारतमा संक्रमण फैलिरहँदा नेपालमा पनि संक्रमण फैलने चिन्ता जनस्वास्थ्यविद्हरुले वताई रहेका छन् । अझ भारतमा नयाँ प्रकारको कोरोनाभाइरस फेला परेको पुष्टि भइसकेको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट अझ बढी संक्रामक र घातक भएको वैज्ञानिकहरुले बताइरहेका छन् । नेपालमा भारतको जस्तो अवस्था हुन नदिनका लागि यतिबेला हामीले निकै सचेत हुन जरुरी छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने र अनावश्यक भीडभाडमा नजानेलगायत न्यूनतम नियमहरु पालना गर्न आवश्यक छ ।
तर, यहाँ लापरवाही बढ्दो छ । भीडभाडमा, सार्वजनिक यातायातमा पनि मास्क नलगाइ मानिसहरु बिन्दास तरिकाले हिँडिरहेका हुन्छन् । न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्नेहरु पनि कमै छन् । त्यही भएर पछिल्ला दिनहरुमा नेपालमा पनि बिस्तारै कोरोनाभाइरस संक्रमणको ग्राफ बिस्तारै उकालो लाग्दैछ । हामी कति लापरवाह बनिरहेका छौँ, हेरौँ केही तस्विरहरुः
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |