२२ चैत, काठमाडौं। नागढुंगास्थित चेकप्वाइन्टबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–२७ का १९ वर्षीय आजाद अन्सारी र पर्सा पकाहामैनपुर गाउँपालिका–५ का १९ वर्षीय अमित कुमार चौरासिया रहेका प्रहारी कार्यलयले जानकारी दिए ।
विरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५३४६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाईछिपाई ल्याउँदै गरेको लागूऔषध भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले साचोँ खबरलाई बताए।
प्रहरीले उनीहरुको साथबाट डाईजेपाम लेखिएको ६०० एम्पल, फेनारगन ६०० एम्पल, नुफिन लेखिएको ५०० एम्पल गरी १७०० एम्पुल बरामद गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |