२२ चैत, काठमाडौं। लन्डन — इंग्लिस प्रिमियर लिगमा शनिबार शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी उपाधिको अझ नजिक पुगेको छ र उसले तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई २–० ले हराएको छ ।
सिटीको यो जितमा बेन्जामिन मेन्डी र ग्याब्रिएल जेसले गोल गरे । यो खेलपछि सिटीको ३१ खेलबाट ७४ अंक भयो । म्यानचेस्टर युनाइटेड ५७ अंकमा दोस्रो स्थानमा छ । लेस्टर भने ५६ अंकमा सीमित रह्यो ।
यस्तै, अर्को खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले आर्सनलमाथि ३–० को प्रभावशाली जित निकालेर आफ्नो शीर्ष चारको अभियान कायम राख्यो । यस जितमा डिएगो जोटाले दुई र मोहम्मद सलाहले एक गोल गरे ।
लिभरपुलको अब ४९ अंक भएको छ र यो चौथोमा रहेको लेस्टरसँग दुई अंकको दूरी मात्र हो । यसअघि चेल्सी आफैं वेस्ट ब्रुमको हातबाट अप्रत्यासित रूपमा ५–२ ले पराजित भएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |