२२ चैत, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको साचोँ खबरलाई बताएका छन्।
गाईघाटस्थित लोकतान्त्रिक चौकमा शनिबार आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा नेताले भने, ‘नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ।’
कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गरेका छन्न।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |