२२ चैत, काठमाडौं । गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे लमजुङको दूधपोखरी गाउँपालिकास्थित वागेश्वरी माविका बिचौरका शिक्षकहरु सवार बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।
जिपमा सवार ९ जनामध्ये ७ जना घाइते भएका छन । गम्भिर घाइते २ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले साचोँ खबरलाई जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरुमा अनिल मरहठ्ठा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल नराल, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |