संयुक्त राज्य अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आक्रमणमा १ प्रहरी अधिकृतको मृत्यु भएको छ ।
आक्रमणमा अन्य प्रहरीसहित केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
१ जना चालकले प्रहरीले सडकमा राखेको ब्यारियरमा आफ्नो कार ठोक्काएका थिए । त्यसपछि उनले सुरक्षामा तैनाथ प्रहरी अधिकारीमाथि चक्कुले आक्रमण गरेका थिए ।
प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गोली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सशस्त्र समूहसँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ ।
यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |