प्रहरीले मोरङ र झापाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २५ वर्षीय अमृत मग्रातीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मग्रातीको साथबाट एभिल, लुपिजेसिक, डाइजेल्याप, फेनारगनसमेतका लागुऔषध बरामद भएका छन् ।
त्यस्तै झापाको दमक नगरपालिका–४ का २३ वर्षीय सुमन धिमाल पनि लागुऔषधसहित पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भद्रपुर नगरपालिका–५ बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका धिमालको साथबाट फेनारगन २०, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |