२१ चैत, काठमाडौं। नेपालको बैतडी जिल्लामा मा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको छ ।
सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले साचोँ खबरलाई बताए । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो सम्भावना देखिएको सुभम मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताए ।
अधिकारीले भने, अहिले जाचँ गरेर हेर्दा “८० प्रतिशतसम्म फलाम भेटिएको छ । यस सम्बन्धी विस्तृत अध्ययन भइरहेको बताए । त्यस स्थानमा बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |