सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभावकारी बनाउन लागिपरेको बताउनुभएको छ ।
शुक्रबार संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै संसदलाई प्रभावकारी बनाउन आफू लागि परेको बताउनुभएको हो
उहाँले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभयो ।
संसदका राम्रा नराम्रा कामको तुलना गर्न पनि सभामुख सापकोटाले समाजलाई आग्रह गर्नुभयो ।
आफ्नो हातमा नतिजा नआए पनि आफुले निरन्तर परामर्श गरिरहेको जानकारी दिदै सभामुख सापकोटाले संदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विगतका अध्यक्षहरुको कार्यकाल जस्तै नव निर्वाचित पदाधिकारीहरुको कार्यकाल पनि सफल हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |