सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गरुङले नेकपा एमालेको दुवै हातमा लड्डु भएको बताउनुभएको छ ।
रेडियो नेपालको ७१औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेकपा एमालेको सरकारलाई विस्थापित गरेपनि २० महिनापछि सिंहदरबारमा बहुमतका साथ फर्किने बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री केपी ओलीले भनेझैँ कसैले पनि नेकपा एमालेलाई तहस–नहस पार्न नसक्ने जिकिर गर्नुभयो ।
मन्त्री गुरुङले रेडियो नेपालको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिका कमजोर नहुने बताउदै रेडियो नेपालका कर्मचारीहरुको सरुवा बढुवा गर्नेतर्फ आफू नलागने बताउनुभयो ।
मन्त्री गरुङले रेडियो नेपालको विकास र समृद्धिका लागि आफ्नो भूमिका खेल्न आफू तयार रहेको बताउनुभयो । रेडियो नेपालको ७१ औं बार्षिक उत्सवका अवसरमा भएका विभिन्न प्रतियोगिताका प्रतियोगिलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |