२० चैत, काठमाडौं। एजेन्सी- म्यानमारमा भएको सैन्य ‘कू’ पछि सेनाको आक्रमणबाट ४३ बच्चाको ज्यान गएको छ ।
बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका छन् ।
सैन्य कू विरुद्ध हज्जारौं मानिसहरुले सडकमा उत्रिएर विरोध जाहिर गरे । सेनाले सुरुवातमा प्रदर्शनकारी रोक्नका लागि पानीको फोहोराको प्रयोग गरे । पछि रबरको गोली चलाइयो । त्यसपछि गोली नै चलाइयो ।शनिबार सबैभन्दा जोडदार संघर्ष भयो । त्यस दिन सयभन्दा बढीको मृत्यु भयो । एक स्थानीय निगरानी समूहका अनुसार सैन्य कूपछि ज्यान गुमाउनेको कूल संख्या ५३६ रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |