नेकपा एमालेको माधवकुमार नेपाल समूहले गण्डकी प्रदेशका सचिवालय कमिटीसँगै प्रदेशका ११ वटै जिल्लामा अध्यक्ष, सचिव र इन्चार्ज तोकेको छ । अध्यक्ष ओलीको राम्रो प्रभाव रहेको प्रदेशमा पहिलो पटक नेपाल–खनाल समूहले प्रदेशमा सचिवालय कमिटीसहित ११ वटै जिल्लामा समानान्तर कमिटी बनाएको हो ।
बिहिबार पोखरामा आयोजित गण्डकी प्रदेशका इन्चार्ज सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको भेलाले २२ सदस्यीय प्रदेश सचिवालय गठन गरेको छ । भेलाले प्रदेशका ११ जिल्ला मध्ये ९ वटामा इन्चार्ज र सह इन्चार्ज समेत तोकेको छ । मनाङ र मुस्ताङमा कमिटी गठन हुनसकेका छैन ।
बिहिबार बिहान बरिष्ठ नेता माधव कुमार नेपालको सहितका नेताहरुको सहभागितामा कास्कीमा धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय कमिटी गठन गरिएको थियो ।
जसमा सह इन्चार्जमा सीता गिरीलाई बनाइएको छ । सचिवमा होम नेपाली रहेका छन् ।
स्याङ्जामा कास्कीका चुणामणि जंगलीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । रामचन्द्र भट्टराईलाई अध्यक्ष र भुपराज अधिकारीलाई सचिव तोकेको छ। म्याग्दीमा श्रीमाया थकालीलाई इन्चार्ज र बालकृष्ण सुवेदीलाई अध्यक्ष तोकिएको छ। बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्षा र लबहादुर थापालाई सचिवको तोकिएको छ ।
त्यसैगरी पर्वतमा मोती पौडेल इन्चार्ज, भक्त कुँवरलाई अध्यक्ष र सचिवमा पदमपाणि शर्मालाई तोकिएको छ। तनहुँमा प्रतापलाल श्रेष्ठ इन्चार्ज,शंकनारायण क्षेष्ठ अध्यक्ष र सचिवमा श्रीराम कार्की रहेका छन्।
गोरखामा इन्चार्ज चुणामणि जंगली, यादव बस्नेत अध्यक्ष र सचिवमा सानुमाया बस्नेतलाई तोकिएको छ।
नवलपुरको इन्चार्जमा कृष्ण पौडेल,अध्यक्ष धनञ्जय शर्मा रहेका छन्। त्यस्तै लमजुङमा प्रतापलाल श्रेष्ठलाई इन्चार्ज,सामबाबु अधिकारीलाइ अध्यक्ष र सचिवमा हिरा विकलाई जिम्मेवारी तोकिएको छ ।
जनसंगठन ईन्चार्ज सवीन्द्र अधिकारी र सोभियत ढकाललाई जिम्मेवारी दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |