मकवानपुरको थाहा नगरपालिकास्थित खोलामा बिहिबार विहान एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ।
थाहा नगरपालिका वडा नं. ६ सरस्वती बजार नजिक नासलथान खोला किनारमा भर्खर जन्मेको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नवजात शिशुको बेवारिसे शव खोला बगरको छेउमा शालनाल सहित देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
कुनै अवैध गर्भधारण गरेका महिलाले गर्भपतन गरेर फालेको हो भन्ने यकिन हुन नसकेकाले यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |