• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

छोरीलाई जिस्काएको कारण टाउको नै काटेर हत्या

होमपेज / समाज
  • ८२७ पटक पढिएको


  • २०७७ चैत्र १९, बिहिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गत बिहीबार बिहान साढे ८ बजे सर्लाहीमा एक युवकको टाउको नै काटिएको अवस्थामा शव फेला पर्‍यो। मलंगवा नगरपालिका-९ पचगछिया चौरीस्थित नागेश्वर रायको खेतमा शव फेला परेको हो। शवको टाउको भने थिएन। स्थानीयले शव देखेपछि तत्कालै प्रहरी बोलाए।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली घटनास्थल पुग्यो। जिउ भेटिएको स्थान भन्दा करिब ६० मिटर टाढा दक्षिणमा टाउको पनि भेटियो। केहीबेरमै प्रहरीले मृतकको सनाखत गर्‍यो। उनी मलंगवा-१० का २५ वर्षीय सुशीलकुमार यादव थिए। घटनासम्बन्धी अनुसन्धान गरेपछि प्रहरीले सोही दिन दुई जनालाई पक्राउ गर्‍यो।

    पक्राउ पर्नेमा मलंगवा-१० कै ४५ वर्षीय विमलकान्त पाठक र भारत बिहारस्थित सीतामढीका ४१ वर्षीय अशोक झा थिए। अशोक झा विमलकान्तका भान्जा हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार सुशीलकुमार यादवको अघिल्लो रात अर्थात् बुधबार राति ११ बजे नै हत्या भएको थियो।

    बुधबार राति ८ बजे विमलकान्त र भान्जा अशोक झा मलंगवा-१० को जिविस चोकस्थित कुन्दन यादवको शिवम होटलमा गएका थिए। उनीहरू दुबै जना रातो रंगको अनटेष्ट मोटरसाइकल चढेर होटल पुगे। त्यहाँ उनीहरूले रक्सी, मासु र चना खाए। तर पैसा तिरेनन्। आफ्नो खातामा लेख्नु भनेर उनीहरू त्यहाँबाट ९ बजे निस्किए।

    त्यहीबेला सुशीलकुमार यादव साइकल चढेर आइरहेका थिए। विमलकान्तले सुशीलकुमारलाई देखेपछि भनेछन्,तिमीसँग काम पनि छ। गाँजा पनि खानुपर्छ जाऊँ। त्यसपछि सुशीलकुमारले आफ्नो साइकल शिवम होटलमा काम गर्ने आफ्नो ११ वर्षीय सहोदर भाई शिवम यादवलाई दिए।

    र उही मोटरसाइकल चढेर विमलकान्तको घर गए। घर गएर तीनै जनाले लागुऔषध सेवन गरे। विमलकान्तकी श्रीमती लिला देवीले खाना पस्केपछि उनीहरू तीनै जनाले सँगै बसेर खाना समेत खाए। विमलकान्तका चार जना छोरी पनि छन्। उनीहरू खाना खाएर आ-आफ्नो कोठामा सुत्न गएपछि फेरि तीनै जनाले लागुऔषध सेवन गरे।

    विमलकान्त र अशोकले सुशीललाई लागुऔषध खुवाएर लठ्याए। विमलकान्तले भने उनको हत्या गर्ने पूर्वयोजना नै बनाइसकेको डिएसपी कुँवरले बताए। ुसुशीलले ६ महिनाअघि विमलकान्तको घरमा चोरी गरेको रहेछ। हत्या गरेको केही दिन अघिमात्रै पनि चोरी गरेको थियो।

    त्यही कुरामा उनीहरूबीच पटकपटक झगडा हुने गर्थ्यो। त्यसैले मार्ने योजना बनाएका रहेछन्, उनले भने। सुशील कुमारलाई लठ्ठ बनाएपछि उनीहरूले प्लास्टिकको लामो डोरी लिएर गाई गोठमा लगे। डिएसपी कुँवरका अनुसार सुशीलकुमारलाई लडाएर हात खुट्टा र जिउसमेत बाँधे। उनको मुखमा पनि गम्छाले बाँधिदिए।

    उनीहरूले सुशीललाई बोकेर खेततिर लगे। उनीहरूले खुकुरी पनि बोकेका थिए,ु डिएसपी कुँवरले भने,त्यहाँ पुर्‍याएर अशोकको घुँडाले सुशीलको पेट र छातीमा थिचे विमलकान्तले घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरे।उनका अनुसार हत्या गरेपछि विमलकान्तले खुकुरीमा लागेको रगत पुछेर घरमा लगेर लुकाए।

    अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार सुशीलकुमारले विमलकान्तकी छोरीलाई जिस्काएको कारण हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। उनीहरूले चोरीको कारणभन्दा पनि पारिवारिक खटपटले नै हत्या गरेका रहेछ। मृतकले विमलकान्तकी छोरीलाई ३/४ महिनादेखि नै जिस्काउँदो रहेछ।

    गिद्धे नजर लगाएको कारणले हत्या गरेको बुझियो, ती अधिकृतले भने,चोरीकै कारणमात्रै होइन। सुशीलकुमारको हत्या गरेपछि उनीहरूले आफूमाथि शंका नगरोस् भनेर नियमित काममै लागे। शव भेटिएपछि आफ्नो नियमित काममा जाँदै गरेका उनीहरूलाई मालपोत कार्यालयबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    उनीहरूमाथि शंका नगरोस् भनेर भोलिपल्ट नियमित काममै गएछन्। मालपोत कार्यालयबाट हामीले उठायौं, डिएसपी कुँवरले भने। थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत सर्लाहीबाट उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ। ‍

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution