बागलुङको बडिगाडमा माछा मार्ने बम बनाउने क्रममा विस्फोट भएको छ । विस्फोटमा दुई जना घाइते भएका छन् ।
बडिगाड गाउँपालिका–२ सिमलचौरमा २८ वर्षीय अरुण कुमार पुनले माछा मार्ने बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।
विस्फोटमा मित्र राना र अरुण कुमार पुन घाइते भएका छन् । उनीहरूको टाउको र खुट्टामा गम्भीर चोट लागेको सूचना अधिकारी हवारीले बताउनुभयो ।
घाइते दुवै जनालाई उपचारको लागि पाल्पा स्थित प्रभास अस्पताल पठाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |