पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा नजाने बताउनुभएको छ ।
विहीबार (आज) ट्वीट गर्दै अध्यक्ष भट्टराईले केपी ओली नेतृत्वको सरकारमा जसपा नजाने स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !’
त्यस्तै, उहाँले रेशम चौधरीलगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोड्न आग्रह पनि गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस् ! के बन्दी वीपीको रिहाई माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? के आफ्ना नेता–कार्यकर्ताको रिहाई माग गर्ने कांग्रेस/कम्युनिष्ट पञ्चायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |