प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।
राजधानीमा विहीबार (आज) गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आवश्यकता अनुसारको शिक्षा आवश्यक भएको बताउनुभएको हो ।
उहाँले शिक्षा राम्रो हुनका लागि शिक्षक पनि राम्रो हुनु पर्ने बताउदै शिक्षा विकासको आधार भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजिएपनि खासै परिवर्तन नभएको उल्लेख गर्दै प्राविधिक शिक्षलाई प्राथमिकताका साथ अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकासका गतिविधि मात्रै नभएर शिक्षा स्वास्थ्य लगायत विकास निर्माणका नयाँ योजनाको सुरुवात गरेको बताउनुभयो ।
उहाँले मेलम्ची खानेपानीको सपलता लगायत थुप्रै योजनामा सरकारले सफलता पाएको जानकारी गराउनुभयो । उहाँले बाटो, ढल र विद्युतको तालमेल मिलाउदै विकासको गतिलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै, उहाँले निर्माणका कुरामा इतिहास झल्किने र आधुनिकता टल्ने हुनुपर्ने बताउदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरिएको बताउनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |