नेपालको सुन्दर पर्यटकीय गन्तब्य स्थान रारा तालमा यो वर्ष पानीको सतह घटेको छ । सो तालमा पानि घटेसंगै रारा तालमा राखिएको पानी मापनमा अधिकतम ९ र न्यूनतम शून्य हुनु पर्नेमा १ भन्दा केही माथि रहेको देखाएको छ ।
राराको पानी निकाशा हुने पश्चिमपट्टि रहेको निजार खोलाबाट थोरै मात्र पानी निकास हुँदा यो अवस्था आएको स्थानीयको भनाइ छ ।रारा ताललाई नेपालको सुन्दर पर्यटकीय गन्तब्य स्थान कर्णाली प्रदेशको पर्यटकीय मुटु मानिन्छ ।
समुन्द्र सतहदेखि २९ सय मिटर उचाईमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराई १ सय ६७ मिटर रहेको छ ।
वरिपरि हरियाली बनजङ्गलले ढाकेको, चाँदी झै टल्कने अग्ला हिमाल, कपास जस्तै फुलेको, दिनमा तीन पटक रंग फेर्ने नेपालको ठूलो रारा तालमा पछिल्लो समयमा पानीको मुहान सुक्दै जाँदा तालका केही पानी घटेको छ ।
रारा तालमा बिगतका बर्षहरुमा अत्याधिक रुपमा हिमपात र आकाशे पानी पर्दा पानीको कमी हुदैनथ्यो । तर हिमपात पर्याप्त नहुनु, आकाशे पानी नपर्नु, रारामा बगेर आउने दर्जनौ पानीका मुहान सुकेर जानु र जलवायू परिवर्तनका कारण रारामा पानीको सतह घट्दै गएको हो ।
जथाभावी सडक निर्माण गरिनु, बनजङ्गलको फँडानी कारण पनि रारा तालको पानी घट्नुको कारण हुन सक्ने आन्तरिक पर्यटक महेन्द्र हमालको भनाइ छ ।
रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले गर्ने फोहरले पनि राराको सौन्द्धर्य र पानीको सतहमा असर पारेको कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाका बाल रोग विशेषज्ञ डा. कमलप्रसाद थानीको भनाइ छ । राराको सौन्दर्य र महत्व जोगाउने हो भने वातावरणको संरक्षणमा पनि उत्तिकै ध्यान दिनु पर्ने अवस्था देखिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |