अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने भएको छ।
एन्फाले उपाधि जितेको भोलिपल्ट टिमका खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो।
उपाधि जितेको नेपालले ५ हजार अमेरिकी डलर पनि प्राप्त गरेको थियो। उपाधि जितेबापत प्राप्त हुने ५ हजार डलर पनि खेलाडीहरूलाई वितरण गरिने एन्फाले जनाएको छ।
नेपालले ३७ वर्षपछि घरेलु भूमीमा उपाधि जित्ने क्रममा थ्री नेसन्स कपको फाइनलमा सोमबार बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो।नेपालको जितमा सन्जोक राई र विशाल राईले गोल गरेका थिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |