जापानको राजधानी टोकियोले बुधबार ४ सय १४ नयाँ दैनिक कोरोनाको नयाँ संक्रमित फेला परेको जनाएको छ ।
त्यहाँका स्थानीय सरकार र स्वास्थ्य अधिकारीहरूका अनुसार बुधवार दैनिक घटनाहरूको सात दिनको औसत ३६०. ७ रहेको छ, जुन अघिल्लो हप्ताको औसतको ११६.५ प्रतिशतले बढेको छ।
महानगरपालिकाको सरकारको लक्ष्य अघिल्लो हप्ताको ७० प्रतिशत भन्दा तल झार्नु रहेको जनाएको छ । यद्यपि यो संख्या लगातार सरकारको लक्ष्यभन्दा माथि छ । बुधवारसम्म १९ औं दिनसम्म लगतार बढिरहेको छ।
जापानमा हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या ४ लाख ७० हजार १ सय ७५ पुगेको छ । यस्तै कोरोनाबाट ९ हजार ६ जनाले ज्यान गुमाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |