जङ्गलमा लागेको आगो निभाउन गएका मकवानपुर राक्सिराङ गाउँपालिकाका एक वृद्ध पुरुषको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजाको भिरबाट लडेर मृत्यु भएको हो ।
गए राति जङ्गलको आगो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाका बाबु रहेको बुझिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |