बैतडीमा बोलेरो जीप दुर्घटना भएको छ । अत्तरीयाबाट दार्चुलाका लागि छुटेको भे१च ३५११ नम्बरको जीप महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै दुर्घटनामा परेको हो ।
मंगलबार बिहान साढे ५ बजेतिर जीप दुर्घटना हुँदा जीप साहु समेत रहेका दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामीको बाँया हातमा चोट लागेको खोचलेक प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक मोतिसिंह बमले जानकारी दिए ।
जीपमा सवार अन्य दुईजना भने समान्य घाइते भएका छन् । दार्चुलाको अपिहिमाल ५ का चालक विरेन्द्र धामी भने फरार रहेका प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको बताइएको छ ।
ब्रेक फेल भएर जीप दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |