बङ्गलादेश र न्यूजिल्याण्ड बिचको दोस्रो टि-२० मा न्यूजिल्याण्डले २६ रनको जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्याण्डले १७.५ ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो । १७.५ ओभर पछि वर्षाको कारणले गर्दा पहिलो इनिङ्गको समाप्त गरिएको थियो ।
न्यूजिल्याण्डका लागि ब्याटिङ्गमा ग्लेन फिलिप्सले सर्वाधिक ५८ रन बनाएका थिए भने बङ्गलादेशका लागि बलिङ्गमा मेहदी शसनले सर्वाधिक २ विकेट हात पारेका थिए ।
वर्षाले प्रभावित भएको खेलमा बङ्गलोदशले १६ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो । १७१ रनको लक्ष्य पछाएको बङ्गलादेशले १६ ओभरमा ७ विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।
बङ्गलादेशका लागि सैम्य सरकारले २७ बलमा ५१ रनको विस्फोट पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । न्यूजिल्याण्डका लागि उत्कृष्ट बलिङ्ग गर्दै साउदी, बेनेट र मिलले समान २-२ विकेट हात पारेका थिए ।
जितसँगै न्यूजिल्याण्डले १ खेल बाँकी रहदैँ ३ खेलको टि-२० श्रृखला आफ्नो नाममा गरेको छ ।