पार्टी एकता खारेज गरेकाे फैसलाविरुद्ध पुनरावलाेकन निवेदन लिएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् ।
तत्कालीन एमाले र माओवादीबीचकाे एकता खारेज गरी एमाले-माओवादीलाई पुनः ब्युँताउने सर्वाेच्चकाे फैसला पुनरावकलोकनका लागि निवेदन दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु सर्वाेच्च अदालत पुगेका हुन् ।
प्रचण्डसहित नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, दीनानाथ शर्मा, गिरिराजमणि पोखरेल, रामनारायण बिँडारीलगायत अदालत गएका छन् ।
सर्वोच्चले यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरी पुरानै अवस्थामा फर्काइदिएकाे थियाे ।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाविरुद्ध ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दो जुल्दो नाम राखेको भन्दै रिट दायर गरेका थिए।