• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र ९, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र ९, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

भिरबाट फालिदा रुखको लहरा समातेर बाचेका तिलकले खुलासा गरे झगडा पर्नुको कारण

होमपेज / Flash News
  • ८२९ पटक पढिएको


  • २०७७ चैत्र १७, मंगलबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • १७ चैत, काठमाडौं। बाग्लुङमा आइतबार ‘ग्याङ फाइट’ हुँदा भिरबाट फालिएका प्रकाश कुँवर र दीपक परियारको ज्यान गयो। त्यही भिरबाट फालिएका तिलक कुँवरले भने एउटा रूखबाट लत्रेको लहरा समातेर आफ्नो ज्यान जोगाए।

     

    बाग्लुङ निसिखोला- ७, राजकुतका तिलक अहिले काकाको बरखीमा छन्। रङ लगाउन नहुने भए पनि उनी साथीहरूसँग फागु खेल्न निस्किएका थिए। त्यही क्रममा बाग्लुङ, प्युठान र गुल्मी जिल्ला छुट्याउने बल्देधुरी लेक जाने कुरा भयो।

     

    राजकुतका २४ जना युवा एक घन्टा गाडी र झन्डै डेढ घन्टा पैदल हिँडेर भिरको बाटो बल्देधुरी चढे।

     

    डाँडा उक्लेपछि चउर आउँछ। उनीहरू त्यही चउरमा आ-आफ्नो इच्छाअनुसार छरिएर रमाइलो गर्दै बसे। तिलक र उनका केही साथी चउरकै सानो थुम्कोमाथि बसेर अरूले फागु खेलेको हेर्दै थिए।अलिक तल तिलकका भतिज पर्नेले एक युवतीलाई अबिर लगाइदिएछन्।

     

    तिलकका अनुसार, युवतीसँगै हिँडेका युवाले रिसाउँदै सोधे, ‘किन अबिर लगाइदिएको?’

     

    ‘होलीमा अबिर लगाइदिँदा गाली गर्नुपर्छ त?’ तिलकका भतिज पर्नेले जवाफ दिए।

     

    भनाभन बढ्न थाल्यो।

     

    भनाभन भएको राजकुतका अरू युवालाई थाहै थिएन। सबै आ-आफ्नै धुनमा मग्न थिए। कुनै अप्रिय घटना होला भनेर उनीहरूले सोचेका पनि थिएनन्।

     

    बल्देधुरीमा बडीगाड गाउँपालिका- १०, दर्लिङका युवाहरू पनि आएका थिए। दर्लिङ बल्देधुरी नजिकैको गाउँ हो। ती युवायुवती पनि दर्लिङकै रहेछन्।

     

    दर्लिङका युवाले राजकुतका अर्का युवा दीपक परियारलाई घेरा हालेर कुटपिट गरेछन्। यो घटना तिलक र अरू केही साथीले पछि मात्र थाहा पाए। उनीहरू तल झरेर किन यसो गरेको भन्दै दर्लिङका युवालाई सोधे। युवतीसँगै रहेका युवा दौडिएर गाउँका अरूलाई बोलाएछन्।

     

    हेर्दाहेर्दै दर्लिङका झन्डै ५०/६० जना युवा मैदानमा आएको तिलक बताउँछन्।

     

    ‘उनीहरूले राजकुतका युवालाई पिट्दै चउरको डिलबाट फाल्न थाले। सुरूमा ज्ञानु नेपाली र रेशम नेपालीलाई पिटेर फालिदिए। त्यसपछि दीपक परियारलाई पनि त्यही डिलबाट धकेलिदिए। उनको घटनास्थलमै ज्यान गयो। म डिलबाट तल हेर्न जाँदा मलाई पनि लात्तीले हाने र त्यही भिरबाट फालिदिए,’ तिलकले भने।

     

    भिरबाट खस्दै गर्दा तिलक एउटा लहरामा पुगेर अड्किएछन्। एउटा रूखको टुप्पाबाट भुइँमा लत्रिएको लहरा रहेछ त्यो। उनको प्राण त्यही लहरामा झुन्डियो।

     

    उनले लहराबाट रूखको एउटा हाँगा समाते। उनले समाएकै हाँगा भाँचियो। फेरि उनले लहराकै सहारा लिए। त्यही लहरामा अड्किएर उनले उता चउरमा भइरहेको आक्रमण हेरे। तर चउरकाले उनलाई देख्न सकेनन्।

     

    ‘मलाई देखेका भए ढुंगाले हानेर मार्थे,’ उनले भने, ‘भिरबाट खसालेकालाई त माथिबाट ढुंगा गुल्टाए भने मलाई के बाँकी राख्थे र!’

     

    उनले अगाडि भने, ‘प्रकाश कुँवरलाई भिरबाट फालेपछि बल्ल उनीहरू थामिए। उनीहरू चउरबाट गएपछि मात्र म भिरबाट निस्किन पाएँ। आधी घन्टाभन्दा बढी समय त्यसरी नै लहरामा अड्किएर बसेँ। एकैठाउँ कच्याककुचुक भएर बस्दा मलाई एकदमै डर लागेको थियो। लहरा चुँडियो भने पनि मर्छु, उनीहरूले देख्यो भने पनि मर्छु जस्तो लाग्थ्यो। तल हेर्दा मुटु नै सिरिङ्ग हुने भिर थियो।’

     

    उक्त घटनामा घाइते ज्ञानु नेपालीलाई बुर्तिबाङस्थित प्राथमिक उपचार केन्द्रमा प्रारम्भिक उपचार गरेर पाल्पा रेफर गरिएको छ। रेशमको भने बाग्लुङमै उपचार भइरहेको छ।

     

    तिलकले नै लहराबाट निस्किएपछि प्रहरीलाई खबर गरेका थिए। उनका अनुसार यो घटनामा पाँच जनाभन्दा बढी घाइते छन्। बाटो छेकेर कुटपिट गर्न थालेपछि कसैले जंगलतिर भागेर ज्यान जोगाएको उनी बताउँछन्।

     

    घटनाको छानबिन गर्न बुर्तिबाङ र जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोली घटनास्थल पुगिसकेको छ। दर्लिङमा एक जना पनि युवा नभेटिएपछि गुल्मी र प्युठान निस्कने बाटो बन्द गरेर जाँच गरिरहेको प्रहरीले जनाएको छ।

     

    घटनामा संलग्न युवाहरू त्यही जंगलमा लुकेको हुन सक्ने प्रहरीले शंका गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    आज यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद दुई व्यक्ति पक्राउ

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution