१६ चैत, काठमाडौं। एजेन्सी- नयाँ दिल्लीबाट वाराणसी आइरहेको स्पाइसजेटको विमानमा एक युवकले अचानक इमर्जेन्सी गेट खोल्ने कोसिस गरे । यो देखेर विमानमा सवार यात्री डराउन थाले ।
क्रुका सदस्यले केही यात्रीको सहयोगमा उनलाई समातेर राखे । वाराणसीमा ल्याण्डिङ भएपछि युवकलाई द सेन्ट्रल इन्डष्ट्रियल सेक्युरिटी फोर्स अफ इन्डिया(सीआईएसएफ) लाई सुम्पिएको छ । युवकले जमानत पाएका छन् । प्रहरीका अनुसार युवककी प्रेमिकाले छोडिदिएपछि उनी डिप्रेशनमा छन् ।
विमान आकाशमा करिब २३ हजार फिटको उचाईमा थियो । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार अचानक गौरव खन्ना आफ्नो सिटबाट उठे र इमर्जेन्सी गेट नजिकै पुगेर त्यो खोल्ने कोसिस गर्न थाले । यो देखेर अन्य यात्री कराउन थाले ।मेम्बर्सले गौरवलाई सम्झाउने कोसिस गरे तर उनी मानेनन् । उनलाई करिब ४० मिनेटसम्म समातेर राखियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |