१६ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई सोमबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फोन गरे र होलीको सुभ-कामना दिए ।
जसपाका एक नेताका अनुसार प्रचण्डले होलीको शुभकामना दिनका लागि मधेसी नेताहरुलाई बिहानै टेलिफोन गरेका हुन् । प्रचण्डले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका नेताहरुलाई फोन गरेर होलीको शुभकामना दिएका थिए ।
पहाड र तराईमा दुई दिन मनाइने होली पर्व आइतबार उपत्यका र पहाडमा मनाइयो भने सोमबार तराई–मधेसमा मनाउने प्रचलन छ ।
ओलीविरोधी समीकरणमा आउन हिच्किचाइरहेका मधेसी नेताहरुलाई प्रचण्डले राजनीतिक कुराकानी नगरे पनि होलीको शुभकामना दिएर सम्बन्ध सुधार्न खोजेको हुन सक्ने जसपा नेताहरु बताउँछन् । जसपाका एक नेताले भने, ‘उहाँले फोन गरेर होलीको शुभकामना दिनुभयो, हामीले पनि शुभकामना दियौँ ।’यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा माओवादी केन्द्र र जसपाबीच थप संवाद अगाडि बढाउने तयारी भइरहेको माओवादीका एक नेताले साचोँ खबरलाई बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |