१५ चैत, पोखरा । पोखराको आकासमा दुई दिनदेखि (वायु प्रदूषण) तुवाँलो लाग्दा हवाइ उडानहरु ठप्प भएका छन् । वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बिग्रिएको पोखरा क्षेत्रको मौसम आइतबार पनि सुधार हुन सकेन ।
वायु प्रदूषणका कारण (तुवाँलो लाग्दा) शुक्रबार दिउँसोदेखि पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन नसकेको हो । पोखराको आकाश तुवाँलोले ढाकेका कारण शुक्रबार ६ वटा फ्लाइट रद्ध भएका थिए । शनिबार आकाश खुल्ने आशा गरिए पनि दिनभर कुनै पनि उडाउ हुन सकेन भने आइतबार समेत उडान अवरुद्ध भएको छ ।
पोखराको मुख्य बजारबाट नजिकै रहेका सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायतका डाँडाहरू तुवाँलोले देखिका छैनन् । धुँवा र धुलोले भिजिविलिटी कम हुँदा शुक्रबार दिउँसोदेखि पोखराबाट उडान हुन नसकेको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।
आज पोखरादेखि बाराको सिमरासम्म सुरु गर्ने भनिएको सिधा उडान मौसमले गर्दा स्थगित भएको उनले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |