भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमित भएका छन् ।
तेन्दुलकरले शनिबार ट्विट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । उनले आफू संक्रमित भएपनि परिवारका अन्य सदस्यहरुलाई संक्रमण देखा नपरेको पनि बताएका छन् । उनी सामान्य लक्षणका साथ संक्रमित भएका हुन् । सचिन आफ्नो घरमै आईशोलेसनमा बसेर आवश्यक स्वास्थ्य सतर्कता अपनाईरहेका छन् ।