सिन्धुली जिल्लाको दुधौली नगरपालिका ३ को कालिपानिमा जंंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेका छन् ।
गयराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको हो ।
दुधौली नगरपालिकामा यसअघि पनि पटक–पटक जंगली हात्ति बस्तिमा छिरेर वालीनाली नष्ट पार्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
हात्ती बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |