नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको सर्मथन फिर्ता लिने बताएका छन् । अबको एक÷दुई दिनमा नै केपी ओली नेतृत्वको सरकारलाई दिएका समर्थन फिर्ता लिने उनको भनाइ छ ।
बृहत नागरिक आन्दोलनले शनिबार आयोजनागरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । यद्यपि, ओलीको प्रतिनिधि सभा बिघटन गर्ने कदम विरुद्ध सडकमा उत्रिएको दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन पनि दवाव आएको उनको भनाइ छ । यद्यपि, सरकारलाई प्रतिगामि भन्दै उनले सर्मथन गरि रहन भने नसक्ने बताए ।
‘राजनीति जतासुकै जाओस । मैले मेरो राजनीति र नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र सर्मथन फिर्ता लिने प्रक्रिया अगाडि बढाउँछु,’ प्रचण्डले भने । यद्यपि, यसका लागि सडकमा उत्रिएका दलहरु बीच न्यूनतम सहमति हुनुपर्ने भने उनको भनाइ छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |