कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ ।
वनभोज गएका चन्दको घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
शुक्रबार वडाध्यक्ष चन्दको नेतृत्वमा वडाका जनप्रतिनिधि तथा कर्मचारी गरी ८ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएका थिए ।
त्यसैक्रमममा उनको घाँटीमा एक्कासि समस्या देखिएपछि उनलाई महाकाली अस्पताल ल्याइएको थियो ।
महाकाली अस्पतालमा उपचारकै क्रममा चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुने डीएसपी थापाले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |