ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को शुक्रबार बाँडफाँड भएको छ ।
ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।
आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ ।
ज्योति लाइफको आईपीओमा लगानीका गरेका व्यक्तिले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको ‘मेरो शेयर मोबाइल एप’ र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सक्नेछन् ।
आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपी पोर्टलमा पनि आइपीओ रिजल्ट हेर्न सकिनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |