आफैँले पालेको राँगाले हान्दा आज एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन्।
बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |