प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कुनैपनि सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो खिच्न नमिल्ने सूचना दिइएको छ।
बिहीबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीका कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व उपस्थित सबैलाई यस्तो जानकारी गराएका हुन् ।
सचिव भट्टराईले प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |