नायिका तथा मोडल एलिजा गौतमले बुधबार राजधानीको एभरेस्ट होटलमा जन्मदिन मनाएकी छिन् ।
उनको जन्मदिनको कार्यक्रममा नेपाली फिल्म उद्योगका कलाकारहरुको सहभागीता थियो ।
पत्रकारसमेत रहेका पति ऋषि धमलासहित परिवारका सदस्य र केही आगन्तुकका साथ एलिजाले जन्मदिन मनाएकी हुन् ।
व्यवसायी दुर्गा प्रसाइँदेखि अभिनेत्री आँचल शर्मा गायक प्रकाश सपुत, दुर्गेश थापा, अभिनेता निर्मल शर्मा लगायत केक काट्ने समारोहमा सहभागी भएका थिए ।
सो अवसरमा एलिजाले बरिष्ठ फिल्म प्राविधिक उद्धव भट्टराई जुँगेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरिन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |