पाकिस्तानमा भइरहेको राष्ट्रिय महिला फुटबल च्याम्पियनसीपमा नेपालकी अनिता केसीले एकै खेलमा १६ गोल गर्न सफल भएकी छिन् । मासा युनाइटेडलाई कराची वुमन फुटबल क्लबविरुद्ध ३५–० को विशाल जीत दिलाउने क्रममा केसीले सो उपलब्धि हासिल गर्न सफल भएकी हुन् ।
केएमसी स्टेडियमा भएको खेलमा उनले टोलीका लागि सर्वाधिक १६ गोल गरिन् । मासा युनाइटेडले सन् २०२१ को लिगको संस्करणमा एकै खेलमा सर्वाधिक गोलको कीर्तिमान पनि तोड्न सफल भएको छ । केसीकी समकक्षी सरु लिम्बुले १० गोल गरिन् ।त्यस्तै, फैसलाबादको टोलीका लागि करिबाले ह्याट्रिक गरिन् भने सामरोज सामरिन, गीता राना, अञ्जिला तुम्बापो सुब्बाले दुई–दुई गोल गरे ।
जीतसँगै मासा समूह बीको गोलअन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा कराँची युनाइटेड रहेको छ । दुवै टोली बिहीबार भिड्ने छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |