अमेरिकाको कोलोराडोमा गोली हानेर कम्तीमा छ जनाको हत्या गरिएको छ ।
बोउल्डरमा रहेको किङ्ग सुपर ग्रोसरी स्टोरमा बन्दुकधारी समूहले अन्धाधुन्ध गोली चलाएर ठूलो नरसंहार मच्चाएको हो । घटनामा अमेरिकी प्रहरी अधिकारीको पनि ज्यान गएको छ ।
सोमबार दिउँसो ३ बजेतिर एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा घटना भएको द डेन्वर पोस्टले जनाएको छ ।
प्रहरीले ज्यान गुमाउनेको संख्या सार्वजनिक नगरे पनि अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै द डेली क्यामराले घटनामा एक प्रहरी अधिकारीसहित कम्तीमा छ जनाको ज्यान गएको उल्लेख गरेको हो ।
घटनामा संलग्न बन्दुकधारीलाई पक्राउ गरिएको सुरक्षा अधिकारीले जनाएका छन् ।
आरोपित आक्रमणकारी पनि गम्भीर घाइते रहेको बताइएको छ ।
आक्रमणको कारण, उद्देश्य र विस्तृत विवरण सार्वजनिक नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |