धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । तर, त्यहाँ अझै पनि केही मानिस छन् जसले कोरोना भाइरसविरुद्धको खोपसम्बन्धी धेरै शङ्का र भ्रम पालिरहेका छन् ।
कोही मानिसले आफू एकपटक कोरोना भाइरसबाट सङ्क्रमण भइसकेको हुनाले अब भाइरसबाट जोगिन खोप लिनु नपर्ने मान्यता राखेको पाइन्छ । जुन एकदम गलत हो ।
मेडिकल पत्रिका द ल्यान्सेटमा प्रकाशित हालसालै गरिएको एउटा अध्ययनले विगतमा भाइरसबाट सङ्क्रमित भइसकेको व्यक्तिले पनि खोप लगाउनुपर्ने देखाएको छ ।
रिइन्फेक्सन हुने सम्भावनाको बारेमा बुझ्नका लागि उक्त अध्ययनले करिब ४० लाख व्यक्तिको तथ्याङ्कलाई हेरेका थिए । अध्ययनले पहिले नै भाइरसबाट सङ्क्रमित भएका मानिसमा पुनः सङ्क्रमणविरुद्ध ८० प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने देखायो ।
तर, सुरक्षा दर ६५ वर्षभन्दा माथिका व्यक्तिका लागि ४७ प्रतिशतमा झर्दै गएको थियो । ६५ वर्ष वा सो भबन्दा बढी उमेर समूहका मानिसमा पुनः सङ्क्रमणको जोखिम हुनसक्ने अध्ययनको निष्कर्ष रहेको छ । जसकारण विगतमा कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका व्यक्तिले थप सुरक्षा हासिल गर्न खोप लगाउन जरुरी देखिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |