६ चैत, जनकपुरधाम । सर्लाहीमा प्रहरीले गरेको चेकजाँचका क्रममा बसमा सबार एक युवक लागु औषध गाँजासहित पक्राउ परेका छन् ।
सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका-७ मा चेकजाँच गर्दा बसमा सबार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।
लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |