एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर मनाएको छ ।
यहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गङ्गा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ । प्रतियोगितामा १४ जोडी सहभागी थिए ।
शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |