भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
भारतको अत्तरिया जिल्ला घर भएका ३४ वर्षीय सञ्जय सिंहलाई दुई लाख ४६ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सिंहको साथबाट पाँच सयका तीन सय ८८ थान, दुई हजारका २६ थान भारतीय रुपैयाँ बरामद गरिएको जनाइएको छ । उनलाई प्रहरी कार्यालय रानीमा ल्याई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइए प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |