१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि संघीय संसदको भौतिक तयारी पूरा भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको भोलिपल्टै संसद सचिवालयले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका काम सकेको छ ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बुधबार बिहान महासचिव भारतराज गौतमसहित सचिवालयका कर्मचारीले प्रतिनिधिसभा बैठक सञ्चालनको आन्तरिक तयारीबारे छलफल गरेका थिए ।
कोरोना भाइरस फैलिन नदिनेसम्बन्धी स्वास्थ्य प्रोटोकललाई ख्याल गरेर सोही अनुसार व्यवस्थापन गरिएको छ’ प्रवक्ता पाण्डेले जानकारी दिए ।
सर्वोच्च अदालतको आदेश अनुसार १३ दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नुपर्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |